पुस १२, काभ्रे । दिगो शान्तिका लागि उन्नत उपलब्ध अभियान अन्र्तगत काभ्रेको तेमाल गाउँपालिकामा मेलमिलपाकर्ताहरुलाई तालिमपछि परिचयपत्र वितरण गरेको छ ।
सामुदायिक मेलमिलाप सम्बन्धि गाउँपालिका स्तरिय अभ्यास आदानप्रदान गराई अभियान्तहरुलाई परिचयपत्र वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा तेमाल गाउँपालिका प्रमुख सलाम सिङ तामाङले पालिकाको ९ वटै वडाका मेलमिलाप सदस्यहरुलाई परिचयपत्र वितरण गर्दै समाजमा शान्ति सु–व्यवस्था कायम गराउन सदस्यहरुले महत्वपूर्ण भूमिका खेल्न आग्रह गरेका छन् । प्रमुख तामाङले समाजमा हुने सामाजिक विकृतिहरु अन्त्यका लागि सबैलाई चेतना अभिवृद्धि गराउन र शान्तिपूर्ण समाज निर्माणमा जोड दिदै गाउँपालिकाका सम्पूर्ण सामुदायिक मेलमिलाप कार्यकर्ताहरुलाई सुझाव दिए ।
कार्यक्रममा न्यायिक समितिका संयोजक तथा उपप्रमुख दुर्गमाया तामाङ, प्राकृतिक द्धोन्द्ध रुपान्तरणका संयोजक गीता सिलवाल लगायतले समाजमा अपराध, घरेलुहिंसा लगायत सामाजिक विकृतिहरु न्यूनिकरणमा मेलमिलाप समितिका सदस्यहरुले निश्पक्ष रुपमा अध्ययन र अनुसन्धान गरी समस्याको पहिचान तथा समाधानको उपाय अपनाउनुपर्ने धारणा राखेका थिए । उनीहरुले धर्यताका साथ समाजमा आउन सक्ने घटनालाई रोक्नका लागि समाजमा सचेतना जगाउन कार्यक्रमहरु जनस्तरमा लानुपर्ने समेत बताए ।

