नयाँ भर्ना छनौट परीक्षा निष्पक्ष र पारदर्शी बनाऔं: आइजीपी खनाल

पुस १२, बाँके । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीमा खुला प्रतियोगिताबाट लिइने भर्ना छनौट परीक्षामा सवैको पहुँच हुने गरी निष्पक्ष र पारदर्शी रुपमा हुनुपर्नेमा जोड दिएका छन् । प्रदेश प्रहरी तालिम केन्द्र कर्णाली प्रदेश सुर्खेत हाल नेपालगञ्जको बिहीबार निरीक्षण भ्रमणको क्रममा खनालले यस्तो बताएका हुन् ।

प्रहरी जवानमा नयाँ भर्नाका लागि हाल छनौट परीक्षा भइरहेको उक्त तालिम केन्द्र अवलोकनको क्रममा खनालले तालिम केन्द्रमा कार्यरत प्रहरी कर्मचारी, प्रशिक्षक एवम् प्रशिक्षार्थीहरुलाई निर्देशन दिँदै प्रहरी सेवामा सामान्य नागरिकको सहज पहुँच हुनुपर्ने बताए । सुरक्षा प्रदान गर्ने निकाय कहिल्यै नराम्रो हुन नहुने र आफ्नो दायित्व के हो भन्ने बुझेर सवै तहका प्रहरी कर्मचारी अझै वढी लगनशील हुनुपर्ने आइजीपी खनालले बताए । निरीक्षणको क्रममा खनालले भर्ना छनौट प्रक्रिया, तालिम केन्द्र परिसर, प्रशिक्षण स्थल, प्रशिक्षक तथा प्रशिक्षार्थी ब्यारेक, भान्साघर लगायतको अवलोकन गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.