नेफ्टाको अध्यक्षमा लामा पुनः निर्वाचित

पुस १२, काठमाडौं । चलचित्र प्राविधिक संघ (नेफ्टा) को अध्यक्षमा पुष्कर लामा निर्विरोध निर्वाचित् भएका छन् । अध्यक्षमा अर्का दाबेदार शंकर पाण्डेले उमेदवारी फिर्ता लिएपछि लामालाई निर्विरोध चुनिएका हुन् ।

लामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।उपाध्यक्षमा विनोद लामा र अर्जुन पोखरेल निर्वाचित भए । महासचिवमा शालिग्राम दुलाल र सचिवमा दिव्यराज सुवेदी निर्वाचित भएका छन् । कोषाध्यक्षमा गीता पौडेल दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित् भइन् ।

सदस्यमा पिताम्बर पाण्डे, शोभा श्रेष्ठ, नवराज उप्रेती, रामेश्वर कार्की, देवराज गुरुङ, दुर्गाप्रसाद पौडेल, कृष्णबहादुर थापा, खालिद खान,सरोज बुढाथोकी, कमल मिश्र र माधव थपलिया निर्वाचित भएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.