क्षेत्रपाटीस्थित जुत्ता पसलमा आगलागी

पुस १२, काठमाडौं । काठमाडौंको क्षेत्रपाटीस्थित जुत्ता पसलमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका वडा नं. १७ क्षेत्रपाटीको एक जुत्ता पसलमा बिहीबार बिहान ९ बजेतिर आगो लागेको हो ।

प्रहरी र स्थानीयबासीले दमकलको सहयोगमा आगो निभाएका छन् । काठमाडौं प्रहरी परिसरका डीएसपी होमिन्द्र बोगटीले क्षतिको विवरण आउन बाँकी रहेको बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.