भ्रम छर्दै डिसहोमः उपभोक्त र राज्यलाई यसरी ठग्दै

प्रारम्भ खबर ।
पुस ११, काठमाडौं । डिस मिडिया नेटवर्क प्राइभेट लिमिडेटबाट सञ्चालित डिस होमले उपभोक्त ठक्दै आएको आरोप लागेको छ । चाडपर्वको अवसरमा विभिन्न अफर प्रदान गर्दै आए पनि कम्पनिले दिनुपर्ने सुविधाबाट भने बञ्चित हुनुपर्ने उपभोक्तहरुको भनाई छ ।

त्यस्तै काभ्रेको रोशी गाउँपालिकामा दशै अफरको अवसरमा खरिद गरिएको डिसहोम समयमै अपडेट नगरिदिने र जडान गर्न समेत कम्पनीकै मान्छे चाहिने भएकाले डिसहोम लिएपनि आफु टेलिभिजन हेर्न नपाएको त्यहाँका डिसहोम प्रयोगकर्ताहरुको गुणासो छ । डिसहोम जडान गर्न समेत कम्पनिकै प्राविधिकको आवश्यक परेको हुदा ग्रामिण क्षेत्रका उपभोक्तहरुलाई डिसहोम खरिद गरेपनि अन्यौलमा परेका छन् ।

डिसहोम खरिदसंगै आएको जानकारी पुस्तिकामा भने जडानको सुविधा कम्पनिको तालिम प्राप्त प्राविधिक बाहेक अरुलाई उपलब्ध नभएको लेखिएको पाईन्छ । कुनै पनि विद्युतिय सञ्चार वस्तु खरिद गर्दा वस्तुसंगै जानकारी पुस्तिका (क्याटलक) हुन्छ त्यसबाट शिक्षित व्यक्तिहरुले सजिलै सुचारु गर्न सकिने हुन्छ तर डिस होमको भने त्यसको ठिक उल्टो रहेको छ ।

अहिले ग्रामिण क्षेत्र विद्युतको सेवा हुदै जाँदा टेलिभिजनतर्फ आकर्षित देखिन्छन् तथापी सेटलाईट अर्थात् नेटवर्कको अभावले टेलिभिजन हेर्न सहज छैनन् । ग्रामिण क्षेत्रका उपभोक्तहरु भन्छन् – ’टिभी हेर्न मन भएर डिस होम किनेर ल्याउँछौं त्यसको प्रयोग नै गर्न सक्दैन के गर्नु ?’ उनिहरु भन्छन् एक जना अहेवा छन उनले मेसिन लिएर जडान गरिदिन्छन र १ हजारदेखि १५ सयसम्म लिने गरेको छ । बनेपाको डिलरबाट खरिद गरिएको डिसहोम बिग्रिएको बेला पनि बनेपासम्मै आउनुपर्ने र जानकारी पुस्तिकामै सामान्य जानकारी समेत नराख्दा उपभोक्तलाई सिधै ठक्न खोजिएको तीनिहरुको आरोप छ ।

५० करोड भन्दा बढी राजश्व छलेको आशंका
डिसहोम मिडिया नेटकर्व (डिसहोम) ले हालसम्म ४ अर्ब ९० करोड राजश्व तिरेको बताए पनि करिब ५० करोड कर नै छलि गरेको भेटिएको ठूला करदाता कार्यालयको दाबी छ । डिसहोमका सीइओ सुदिप आचार्य भन्दछन्ः– छापा मारेको होइन, सोधपुछ गर्न आउनु भएको थियो । हामीले हाम्रो कुरा राख्यौ र चित्त नबुझे छानबिन गर्न आग्रह गर्यौ । केही काजगपत्र हेर्न लानु भएको छ । छापा मारेको चाहि होइन । उनीले यसरी आफ्नो बचाउ, गरे पनि कर छलीको आशंकामा छापा मारी महत्वपूर्ण कागजपत्र लगेको एक कर्मचारीले नाम नलेख्ने शर्तमा बताए ।

पटकरपटक डिसहोममा कर छलिका घटना भए पछि सीइओ आउने जाने क्रम जारी रहेको छ । पछिल्ला समय सुदिप आचार्य सीइओ आएका थिए भने अध्यक्ष हेमराज ढकाल छन् । यी दुवैलाई तत्काल निगरानी राखी छानबीन अगाडी बढाउने भएको राजश्व अनुसन्धान विभागले जनाएको छ । जे भएपनि जनताले तिरेको कर माथी लुट मचाउने अधिकार कसैलाई छैन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.