महाकाली बाढी पीडितलाई उचित राहत उपलब्ध गराउन सरकारसँग माग

पुस ११, काठमाडौं । महाकाली बाढी पीडित संघर्ष समितिले सरकारसँग महाकाली नदीको बाढीबाट पीडितहरुलाई उचित राहत उपलब्ध गराउन माग माग गरेको छ ।

समितिले बुधबार अर्थमन्त्री युवराज खतिवडालाई चार बुँदे ज्ञापनपत्र बुझाउँदै सरकारसँग महाकाली नदीको बाढीबाट पीडितहरुलाई उचित राहत उपलब्ध गराउन माग गरेको हो । ज्ञापन पत्रमा सरकारसँग बाढी पीडितहरुलाई सहुलियत ऋण दिने सम्बन्धी निर्णय कार्यान्वयन गर्न माग गरिएको छ । २०७० जेठ ८ गतेले बसेको मन्त्री परिषद् बैठकले महाकालीको बाढीबाट प्रभावित भएकाहरुलाई सहुलियत ऋण दिने निर्णय गरेको थियो । समितिले सरकारसँग मन्त्री परिषदले यसअघि नै गरेका निर्णयहरु कार्यान्वयनको माग राखेर अर्थमन्त्री खतिवडालाई ज्ञापन पत्र बुझाएका प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

सरकारसँग दैवी प्रकोप उद्धार सम्बन्धी कानुनमा भएको व्यवस्था अनुसार बाढी पीडित परिवारका एक जनालाई वैदेशिक रोजागारीमा पठाउने मन्त्री परिषद्को निर्णय तत्काल कार्यान्वयन गर्न पनि माग गरिएको उनले बताए । ज्ञापन पत्रमा देशका अन्य विभिन्न स्थानमा भएको दैबी प्रकोपको क्षतिमा प्रदान गरिए सरह महाकाली बाढी पीडितलाई राहत उपलब्ध गराउनु पर्ने उल्लेख छ । समितिले महाकाली बाढी पीडितहरुलाई सहयोग उपलब्ध गराउन केन्द्रीय दैवी प्रकोप उद्धार समिति काठमाण्डौ र प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम तत्काल बाढी पीडितहरुलाई उपलब्ध गराउन माग गरेको छ । अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाउन पुगेको प्रतिनिधिसभा सदस्य बडू, सत्तारुढ दलका नेता तथा प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना र महाकाली बाढी पीडित संघर्ष समितिका अध्यक्ष ललितसिंह बोहरासहितिको पदाधिकारीसहितको टोलीले मागहरु प्राथामिकताका साथ कार्यान्वयनका लागि आग्रह गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.