नेकपाको स्थायी समिति बैठकः दुई अध्यक्षद्वयले जवाफ दिँदै

पुस ११, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन् ।

गत मंसिर २९ गते अध्यक्षद्वयको तर्फबाट प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। लगतै पुुस २ गतेदेखि सदस्यहरूले प्रतिवेदनमाथि आफ्नो धारणा राखेको थिए। बैठकमा वामदेव गौतम, भीम रावल लगायतका केही सदस्यले लिखित प्रतिवेदन नै पेस गरेका थिए।

अध्यक्षद्वयको प्रतिवेदनमाथि धारणा राख्दै सदस्यहरुले सरकारको काम कारबाहीको चर्को आलोचना समेत गरेका थिए। बैठक आजै समापन गर्ने तयारी भैरहेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.