पुस ९, घोराहि । दाङको घोराहीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । सोमबार घोराही १४ मा लु २ ख १६०२ नम्बरको बसले रा ३ प १९७४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घोराही ८ का स्थानिय मेघराज पुनको ज्यान गएको प्रहरीले जनाएको छ । आक्रोसित स्थानियवासीहरुले बसमा तोडफोड गरेका छन् । स्थानियले शव सडकमै राखेर चक्काचाम गरेपछि प्रहरीले ६ सेल अश्रुग्याँस प्रहार गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

