ओप्पोले सार्वजनि गर्यो फाइभ जी प्रोटोटाइप

पुस ९, काठमाडौं । ओपोले आफ्नो फाइन्ड एक्स ५जी प्रोटोटाइप सार्वजनिक गरेको छ । ओपोले डिसेम्बर ६ देखि ८ सम्म गुआंगजौमा आयोजित, २०१८ चाइना मोबाइल ग्लोबल पार्टनर्स कन्फरेन्समा पहिलो पटक फाइन्ड एक्स ५जी प्रोटोटाइप सार्वजनिक गरेको हो ।

चीनको सर्वाधिक ठूलो दूरसञ्चार सेवा प्रदायक, चाइना मोबाइलको एक महत्वपूर्ण रणनैतिक साझेदारका रुपमा ओपोले अत्याधसनिक फोन सार्वजनिक गरेको हो । विश्वभरका आफ्ना औद्योगिक साझेदारसँग सहकार्य गर्दै नयाँ ५जी औद्योगिक पर्यावरणको विकास गर्ने ओपोको उद्देश्य छ । यसै वर्षको सुरुवातमा सार्वजनिक ओपो फाइन्ड एक्स, फ्ल्यागसिप स्मार्टफोनले स्मार्टफोन उद्योगमा ‘अल स्क्रिन ट्रेन्ड’को अगुवाइ गरिरहेको छ । विकसित देशमा थप उपभोक्ता वृद्धि गर्ने लक्ष्य लिएर फाइन्ड एक्सका साथमा ओपोले पश्चिम यूरोपेली बजारमा प्रवेश गरेको हो । इञ्जिनियरिङ स्याम्पल स्यापड्र्यागन ८५५ र एक्स ५०, ५ जी मोडेम सहितको ओपो फाइन्ड एक्स ५जी प्रोटोटाइपले अद्धितीय ५जी पर्फरमेन्स दिने क्षमता राख्छ ।

यो उत्पादनले ग्लोबल पार्टनर्स कन्फरेन्सका अत्यधिक अवलोकनकर्ताको ध्यान आफूतिर खिच्न सफल रहेको थियो । कार्यक्रममा ओपो, क्वालकम र किसाइट टेक्नोलोजिज् इन्क (अग्रणी विद्युतिय नापक कम्पनी)ले ५जी डाटा कनेक्टिभिटी तथा एप्लिकेसन (ब्राउजिङ, अनलाइन भिडियो रिप्ले र भिडियो कल) लगायत फाइन्ड एक्स ५जी प्रोटोटाइप मार्फत प्रदर्शित गरिएको थियो । कम्पनीले सन् २०१९मा कमर्सियल ५जी स्मार्टफोन सार्वजनिक गर्ने ओपो पहिलो कम्पनी हुनेमा कम्पनी विस्वश्त रहेको छ ।  ५जी युगको अभियन्ताका रुपमा ओपोले सन् २०१५ देखि नै ५जी स्ट्यान्डर्ड, प्रोडक्ट आर एन्ड डी र एप्लिकेसन्सको अध्ययन गर्दै अग्रगामी सफलता पनि हात पारिरहेको छ । सन् २०१८ ‘मे’ मा ओपोले ‘स्ट्रक्चर्ड लाइट’ प्रविधिको प्रयोग गर्दै विश्वकै पहिलो ५जी थ्रीडी भिडियो कलको सफल परिक्षण गर्दै ‘युबिक्युटस रियालिटी’ अवधारण प्रस्ताव गरेको थियो ।

लगतै अगस्टमा ओपोले स्मार्टफोनमा विश्वको पहिलो ५जी सिग्नलिङ तथा डाटा कनेक्सन्सको सफल परिक्षण गर्दै अक्टोबरमा ५जी ईन्टरनेट एक्सेस परिक्षण गर्ने पहिलो कम्पनी बनेको हो । भविष्यलाई ध्यानमा राख्दै ओपोले ५जींअवधारणा सार्वजनिक गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.