पुस ८, काठमाडौं । काठमाडौं महानगरपालिका–२७ ज्याठाबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे पाँचखाल नगरपालिका–३ घर भएका २७ वर्षीय जितेन्द्र केसी लगायत रहेका छन् ।
उनीहरुको साथबाट १ लाख १९ हजार ८ सय रुपैयाँ, भारतीय २ हजार ५ सय रुपैयाँ र जुवा खेल्ने मेसिनको डिस्प्ले २ थान बरामद भएको छ । पछिल्लो समय प्रहरीले चोरी र जुवातास नियन्त्रणमा कडाई गरेको छ ।

