प्रारम्भ खबर । पुस ७, काठमाडौं । राजधानीको अति नजिक दूरी रहेको काभ्रेपाल्चोक जिल्लाको सदरमुकम धुलिखेल हुदै नमोबुद्ध, दाप्चा र रोशीका केही स्थानहरुमा विकासको गति तिब्र रुपमा देखिएता पनि सडक भने जस्ताको तस्तै छ ।
राजधानी नजिक भएका कारण आफ्नो गाउँठाउँभन्दा सहरबजारको रमझममा व्यस्त भएका जनप्रतिनिधिहरु गाउँठाउँको चिन्ता लिनुपर्ने मतदाताहरुको भनाई छ । पटक–पटक निर्वाचन सम्पन्न भयो । त्यही निर्वाचनका बेला जनताबाट आफ्नो पक्षमा भोट तान्नाका लागि अनेकौ जुक्ति लगाएर विभिन्न पदमा निर्वाचित भए पनि अहिले निर्वाचित गराएका ती मतदाता र चुनाव प्रचार–प्रसारमा गुडाएका गाडीको बाटोलाई बिर्सिसकेको छ । त्यस्तै विश्वकै ऐतिहासिक सम्पदा सूचिमा परेका नमोबुद्ध पवित्र धार्मिक स्थल समेत रहेको त्यस क्षेत्रमा भने विकासको गति केही हदसम्म देखिएता पनि निर्माण कार्य सम्पन्न गराउन बर्षौ दिन समय लागेको छ । सडकलाई फराकिलो र कालोपत्रे बनाउने भन्ने प्रस्ताव र ठेगेदारलाई निर्माण कार्य गर्न सम्झौता दिएको भन्ने जानकारी बाहिर आएपनि काम गराईको गति भने कछुवाको हिडाई जस्तै भएको छ ।

स्थानीय तहको निर्वाचन हुनुअगावाई नमोबुद्ध सडकखण्ड निर्माणको चरणमा रहेको थियो, तथापी उक्त सडकखण्ड प्रदेश र संघको निर्वाचन सकिएर १ बर्ष बितिसकेको पनि सडकको अवस्था भने जस्ताको तस्तै छ । निर्माण कार्यमा कहाँ, किन र को चुकियो भन्ने विषय बनिरहेको बेला निर्वाचित स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेश र संघको जनप्रतिनिधि त्यसतर्फ ध्यान नपुगेको स्थानीयहरुको भनाई छ । त्यस्तै ऐतिहासिक दाप्चा बजारको संरक्षण र पुर्नउत्थानका लागि पुरातत्विक विभागबाट बजेट आउँदा समेत उक्त कार्य सुरु गर्न अन्यौल छन् त्यहाँका जनप्रतिनिधिहरु । त्यति मात्र कहाँ होर विकासको गतिभन्दा राजनीतिक गति अगाडी बढिरहेको काभ्रेको नमोबुद्ध नगरपालिका, राशीगाउपालिका, महाभारत गाउँपालिका लगायत खानीखोला गाउँपालिकामा विकास निर्माणको खाका बनाउन समेत अन्यौल बनिरहेको छ । त्यस गाउँपालिकाहरुमा सडक बाटोलाई तिब्रता देखाएको भएपनि अवैज्ञानिक र राजनीतिक दवाबका कारण अनवाश्यक रुपमा पाखा भित्ता भत्काई भौतिक संरचनालाई ध्वस्त बनाईरहेको छ ।

जनप्रतिनिधिहरुको खास एजेण्डा नबनेका कारण दिगो र जनताको आवश्यकताअनुसारको काम नभएको त्यस भेगका जनताहरुको गुणासो छ । काभ्रेको उक्त क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभा दुवै नेकपाकै उम्मेद्वार निर्वाचित छन् । प्रदेशसभामा चन्द्र लामा र प्रतिनिधिसभामा गंगबहादुर लामा निर्वाचित भएको लगभग १ वर्ष २ महिना बितिसकेको छ । निर्वाचन ताका उनिहरुले जनताको पहिलो आवश्यकतालाई पूरा गराउने योजना बुन्दै चुनावी मैदानमा होमिए पनि निर्वाचित पश्चात उक्त अश्वासन पूरा गर्न त कुरै छाडौं एक सिन्को काम समेत बाँच्न सकेको छैन् । गत दशैमा त्यही क्षेत्रमा बाटोकै अभावका कारण एक जना बिरामी अस्पताल नपुग्दै ज्यान गुमाएका थिए । जुन बिरामी रोशी गाउँपालिका स्थित वडा ३ का भण्डारेबाट भैंसीले लात्तिबाट होस हराएकी थिईन । उनलाई समयमै स्वास्थ्यचौकी वा अस्पतालसम्म पु¥याउन पाएको भए ज्यान बचाउन सक्ने उनका आफन्ताहरु बताउँदै आएका थिए ।

जनप्रतिनिधिहरु निर्वाचितपछि जनता दुःख र सुझाव समेत बुझ्न नआएको देख्दा विराक्तिएका ग्रामिण भेगका जनताहरु जस्तो व्यवस्था आएपनि केही परिवर्तन नपाएको महसुस गर्दै आएको छ । दाप्चा, गहते, शिखर बाटो स्तरिय बनाउने योजना भएपनि त्यसबारे कुनै सुनुवाई नगरेको त्यहाँका स्थानीयहरुको गुनासो रहेको छ । विकास निर्माणकै काममा आफु निकटका व्यक्ति र राजनीतिक दल हेरेर बजेट वितरण गर्दै आईरहेको भन्दै नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र खानीखोला गाउँपालिकाका जनप्रतिनिधिलाई आरोप छ ।

वर्षादको समयमा बस नचल्ने र हिँउदो समयमा धुलम्य हुने नमोबुद्ध, दाप्चा र गहतेको सडकको अवस्था झन बिग्रिदै गएको छ । बाटोको अवस्था डरलाग्दो र यात्रुलाई सकस परेपनि सहरबजार आउन जना अन्य विकल्प नरहेको सडक प्रयोगकर्ताहरुको भनाई छ । त्यस क्षेत्रमा विकास निर्माणको कार्य ढिलासुस्ती हुदा निर्वाचित जनप्रतिनिधिले कुनै चासो नलिएको भन्दै जनताहरु चिन्ता व्यक्त गर्दै आएको छ । काभ्रेका जनप्रतिनिधिहरु सहरमुखी मात्र भएको कारण स्थानीय स्तरमा विकास र परिवर्तन नभएको भन्दै जनप्रतिनिधिहरुलाई आफ्नो मतदाताले दिइएको मतको सम्मान गर्न आग्रह गरेको छ ।

