तुलसीपुर बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये बाह्रको सनाखत

पुस ७, दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । जुम्ला कन्कासुन्दरी गाउँपालिका–५ का २० वर्षीय वीरेन्द्र कण्डराको आज बिहान उपचारको क्रममा नेपालगञ्ज नर्सिङ होममा मृत्यु भएको दाङ निवासी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

यसैबीच सो दुर्घटनामा परी मृत्यु भएका थप छ जनाको सनाखत भएको छ । चन्दनाथ–६ जुम्लाकी १६ वर्षीया कुशुम रावल, भेरी नगरपालिका–४ जाजरकोटाका १७ वर्षीय अतिस नेपाली, कञ्चनपुर जिल्ला कृष्णपुर–५ का १७ वर्षीय खेमराज भट्ट, जुम्ला चन्दननाथ–३ बुढतावाडाका १९ वषीय हिक्मत बोहरा, बबई गाउँपालिका–५ बस्ने २१ वर्षीया कविता खत्री र जुम्ला हिमा गाउँपालिका–५ की १७ वर्षीया शैलजा शाही रहेका छन् । सनाखत भएका शव आफन्तलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ । अन्यको सनाखत हुने क्रम जारी छ । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.