घुस लिँदालिँदै पक्राउ परेका डा पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पुस ४, काठमाडौं । घुस रकमसहित पक्राउ परेका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. तारानाथ पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन अनुसार सजाय हुन मागदावी गर्दै आरोपपत्र दायर गरेको हो। अख्तियारले डा पौडेललाई लोकसेवा आयोगमा नाम निकालिदिन्छु भनेर एक जना विद्यार्थीसँग रकम लिँदै गर्दा रंगेहात पक्राउ गरेको थियो। डा पौडेलले अहेवको लिखित परीक्षामा उत्तीर्ण भएका विद्यार्थीसँग एक लाख रुपैयाँ घुस लिएका थिए।

डा। पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम भ्रष्टाचार गरेको अख्तियारले विशेष अदालतमा दर्ता गराएको आरोप पत्रमा उल्लेख छ। डा। पौडेललाई बिगो एक लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा १ को (ग) बमोजिम सजाय माग दाबी गरिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.