नेकपाको बैठक जारीः प्रचण्ड भन्दा ओली तानातानमा

काठमाडौं । नेकपाको स्थायी समिति बिहानैदेखि सुरु भएको छ । बैठकमा बाँकी स्थायी समितिका सदस्यहरुले धारणा राख्नेछन् । धारणा राख्ने क्रममा नेताहरु विभाजित भएका छन् । पूर्व माओवादी नेताहरु सुझावको शैलीमा प्रस्तुत भएपनि पूर्व एमालेहरु आफैभित्र आरोप प्रत्यारोपमा लागेका छन् । मंगलबार बोल्ने नेताहरू पनि आपसमा आरोप प्रत्यारोपमा उत्रिएका थिए।

आज पनि त्यो प्रक्रिया दोहोरिनेछ । प्रभावशाली नेताहरूले दुई पार्टीको एकतापछि गुटबन्दी बढेको बताउन थालेका छन् । स्थायी समिति सदस्य भीम रावलले बैठकमा लिखित रूपमा ३५ बुँदे फरक धारणा राखेपछि त्यसमा पनि छलफल हुने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भन्दा केपी शर्मा ओली तानातानमा परेका छन् । ओली पक्षका नेताहरुले बचाऊ गरिरहेका छन् भने माधव नेपालका पक्षका नेताहरुले अध्यक्षको हैसियत भन्दा बाहिर गएको आरोप लगाउन थालेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.