स्वास्थ्य मन्त्रालयमा दुई सचिव

पुस ३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फेरि दुईजना सचिव भएका छन् ।

सर्वोच्च अदालतले स्वास्थ्यसचिवमा डा। पुष्पा चौधरीलाई नै निरन्तरता दिन आदेश दिएपछि स्वास्थ्य मन्त्रालयमा दुईजना सचिव हुने भएका हुन् । मन्त्रालयमा हाल केदारबहादुर अधिकारी सचिवकारुपमा कार्यरत् छन् ।

स्वास्थ्यसचिवमा रहँदा कार्यसम्पादन चित्त नबुझेको भन्दै मन्त्रिपरिषदको गत असोज २८ गते बसेको बैठकले डा चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको थियो । मन्त्रिपरिषदको निर्णयलाई चुनौती दिँदै चौधरीले २०७५ कात्तिक १५ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । मंगलबार न्यायाधीशद्वय मीरा खड्का र ईश्वरी खतिवडाको इजलासले प्रधानमन्त्री कार्यालयमा गरिएको सरुवा कानुनसम्मत् नभएको भन्दै स्वास्थ्यसचिव पदमा नै फर्काउन आदेश दिएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.