भारतीय तस्करले चाैकीमाथि आक्रमण गरी ३ प्रहरी घाइते बनाए, राइफल पनि लुटे

पुस ३, पर्सा । भारतीय तस्करहरूकाे एक समूहले ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गरी घाइते बनाएका छन । तस्करहरूले प्रहरीको थ्री नट थ्री राइफल खाेसेर लग्नुका साथै ३ जना प्रहरीलारि घाइते बनाएका हुन ।

सोमबार राति पर्साको जगरनाथपुर गाउँपालिका–१, पाँडेपुरमा रहेको प्रहरी चौकीका असरि विसुनादेवा यादवमाथि अाक्रमण तस्करहरूले कुटपिट गरेका थिए । उनीहरूले हतियार समेत लुटेर लगेका छन । आक्रमणबाट प्रहरी हवल्दार प्रेमबहादुर राणा र प्रहरी जवान अर्जुन चौधरीसमेत घाइते भएकाे प्रदेश २ का प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिए ।

तस्करहरूले नेपालबाट भारततर्फ तस्करी गरी लैजान लागेकाे डिजेल र पेट्रोल प्रहरीले राेक्न खाेज्दा उनीहरूमाथि नै आक्रमण भएकाे जनाइएकाे छ । प्रहरीको संख्या कम भएको समय पारेर चाैकीमाथि नै आक्रमण भएको पालकाे भनाइ छ । उनले अपराधी पत्ता लागिसकेकाेले छिट्टै पक्राउ गर्ने बताएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.