पत्रकारलाई अस्पतालमा बीस प्रतिशत छुट

पुस ३, दमौली । दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

केही दिनअघि बसेको विकास समितिको बैठकले पत्रकारलाई अस्पतालमा लाग्ने उपचार खर्चमा २० प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । सूचना विभागबाट जारी प्रेस परिचयपत्रका आधारमा पत्रकारलाई ल्याब, टिकट, एक्सरे, दन्त सेवा लगायतमा छुट दिने निर्णय भएको छ ।

उहाँले भन्नुभयो, “राज्यको चौथो अङ्गका रुपमा रहेका पत्रकारलाई बिरामी हुँदा उपचारमा केही सहजता होस् भनेर यस्तो निर्णय गरेका हौँ ।” अस्पताल विकास समितिले पूर्ण अपाङ्गता भएका व्यक्तिलाई फार्मेसीबाहेकका सेवामा शत प्रतिशत तथा कम अपाङ्गता भएकालाई ५० प्रतिशत छुट दिने निर्णणसमेत गरिएको छ । “अस्पताल आउने बिरामीलाई यहाँको वातावरण देखेर नै मानसिक रुपमा स्वस्थ भएको महसुस गराउन सरसफाइ अभियान थालेका छौँ,” अधिकारीले भन्नुभयो । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.