गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि

पुस २, गुल्मी । गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यसवर्ष ६ हजार ४६८ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख चक्रपाणि पन्थीले जानकारी दिए ।

अघिल्लो वर्ष गुल्मीमा २ हजार २०५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्लाका बिभिन्न गाउँपालिकाहरुमा लगाइएको सुन्तला खेती मध्ये अहिले करिब ५० प्रतिशत सुन्तला टिप्न बाँकी रहेता पनि पछिल्लो संकलित बिवरण अनुसार उत्पादन वृद्धि बढेको पन्थीले बताए । जिल्लामा सुन्तला उत्पादन वृद्धि दर बढनुमा मौसमले साथ दिनु, सुन्तला खेतीतर्फ किसानहरु आकषिर्त र व्यावस्थित तरिकाले खेती गर्नुले वृद्धि आएको पन्थीले बताए । कृषकबाट बगैचा सुढृढिकरण, मल, किटनासक बिषाधी प्रयोग, बिरुवा काटछाट, हावाहुरी पनि नभएकाले वृद्धि दर भएको हो । जिल्लामा उत्पादन भएको सुन्तलाबाट २५ करोड ८७ लाख २ हजार बढिको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । अघिल्लो वर्ष सुन्तलाबाट ११ करोड भन्दा वढीको सुन्तला उत्पादन भएको थियो । जिल्लामा उत्पादन भएको सुन्तला कृषकले हाल कृषक कहाँ ४० रुपैयाँ प्रतिकिलोदेखि ६० रुपैयाँ प्रतिकिलो मा बिक्री गर्ने गरेका छन् । तर, बजारमा पाइने खुद्रा मूल्य भने १ सय रुपैयाँदेखि १२० सम्म प्रतिकिलोमा बिक्री गर्ने गरेका छन् ।

जिल्लाका प्रायजसो सबै ठाउँमा सुन्तला खेती गरेतापनि व्यास्थित र सुन्तला उत्पादन को लागि व्यावस्थित मानिने गाविसहरु अर्लाङकोट, अर्बेनी, जयखानी, दिगाम, हर्दिनेटा, गौडाकोट, जुभुङ्ग, रेसुङ्गा नगरपालिका, पिपलधारा, हाडहाडे, नयाँगाउ, भनभने, धुर्कोट रजस्थल, धुर्कोट वस्तु, पुर्कोटदह, लगायतका स्थानहरुमा कृषकहरुले सुन्तला उत्पादन गर्दै आएका छन् । अन्य स्थानहरुमा सुन्तला खेती गरेतापनि उत्पादन र मौसमका हिसावले त्यति प्रर्‍याप्त नभएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । गुल्मीमा उत्पादन भएको सुन्तला ६५ प्रतिशत भन्दा बढी जिल्लामै खपत भएतापनि त्यो भन्दा वढी जिल्ला बाहिर पाल्पा,वुटवल, पोखरा, काठमाण्डौं लगायका मुख्य बजारमा बिक्री बितरणको लागी लगिने गरिन्छ ।

यसवर्षबाट गुल्मीका बिभिनन स्थानहरुलाई सुन्तला खेती जोन स्थान निर्धारण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामार्फत जिल्लाका १२ वटै स्थानिय निकायका जनप्रतिनिधिहरुको सहभागितामा सुन्तला खेति जोन स्थान निर्धारण गरिएको हो । भुगोल, हावा पानी र सम्भावनालाई मध्ये नजर गरी सुन्तलाको जोन क्षेत्र निर्धारण गरिएको छ । जसअनुसार सुन्तला जोन गाउँका रुपमा रेसुङ्गा नगरपालिकाको वडा नम्वर ३ भाडगाउँ, वडा नम्वर ४ अर्खले, वडा नम्वर ५ अर्खले, वडा नम्वर ६ बालकाटे र गुरुङ्ग गाउँ , वडा नम्वर ७ उपल्लो तम्घास देखि नेटासम्म घोषणा गरिएको छ । मुसिकोट नगरपालिकाको बडा नम्वर ८ वामी मैदान, वडानम्वर ९ को अर्लाङ्गकोटलाई सुन्तला जोन क्षेत्र निर्धारण गरिएको छ । धुर्कोट गाउँपालिकाको वडा नम्बर १, नयाँगाउँ, वडानम्वर २ पिपलधारा, वडानम्बर ३ हाडहाडे, वडानम्बर ४ जैसीथोक, वडानम्बर ५ वस्तु, वडानम्बर ६ धुर्कोट रजस्थल सुन्तला जोन क्षेत्र निर्धारण गरिएको छ ।

जिल्लाका १२ वटा स्थानीय तह मध्ये बढी क्षेत्र सुन्तला जोन हुने स्थानिय तह धुर्कोट गाउँपालिका बनेको छ । पहिलेदेखि स्वादिलो सुन्तालाको गाउँ भनेर चिनिने नयागाउँ, पिपलधारा, हाडहाडे र धुर्कोट रजस्थल रहेकोले पनि धुर्कोट गाउँपालिका सुन्तला उत्पादनमा धनी बनेको होे । मदाने गाउँपालिकाका भनभने सुन्तला जोन निर्धारण भएको छ । चन्द्रकोट गाउँपालिकाको वडानम्वर ५ र ६ सुन्तला जोन क्षेत्र निर्धारण भएको छ । कालिगण्डकी गाउँपालिकाको वडा नम्वरवडा नम्वर २ र ३ पनि सुन्तला जोन क्षेत्र घोषणा भएको छ । छत्रकोट गाउँपालिकाको वडानम्वर ३ र ४ पनि सुन्तला जोन घोषणा भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.