नगर शिक्षा योजना कार्यदल गठन

पुस २, काठमाडौं । बुटवल उपमहानगरपालिकाले नगर शिक्षा योजना बनाउनका लागि कार्यदल गठन गरेको छ ।

विज्ञ छवि नेपालको संयोजकत्वमा गठन भएको समितिमा डबल विसी, कृष्ण मल्ल, हेमबहादुर क्षेत्री, कुलराज शर्मा र गोविन्द ज्ञवाली रहनुभएको शिक्षा महाशाखा प्रमुख पन्थीले बताउनुभयो । यो उपसमितिले कान्ति माविमा रहेको स्रोत केन्द्रको भवनमा कार्यालयसमेत स्थापना गरेर काम शुरु गरिसकेको छ । सामुदायिक र संस्थागत दुबै विद्यालयलाई यो समितिमा समेटिएको छ ।

बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी कार्यदल बनेको छ । उक्त समितिमा बुद्धिसागर भट्टराई, राजेन्द्रकुमार आचार्य, टीकाराम न्यौपाने, धनीश्वर गौतम, रुद्रलाल उपाध्याय र मोतिराज पौडेल रहनुभएको छ । बुटवल उपमहानगरपालिकाले नगरपालिका भरमा रहेका संस्थागत र सामुदायिक विद्यालयमा एउटै पोशाक बनाउने तयरी गरेको छ । शैक्षिकस्तरको न्यूनतम मापदण्डसमेत तोकेर सबै विद्यालयमा शिक्षक र विद्यार्थीको पोशाक एकै खालको बनाउने गरी तयारी गरिएको प्रमुख सुवेदीले बताउनुभयो ।

बुटवल उपमहानगरपालिकामा सामुदायिक विद्यायलको संख्या ३८ रहेको छ । यहाँ बालविकास केन्द्र, सामुदायिक सिकाइ केन्द्र, मदरसा, गुरुकुलसमेत सञ्चालित छन् । यस्तै विभिन्न तहका कक्षा सञ्चालन गर्ने संस्थागत विद्यालयको सङ्ख्या ५८ रहेको छ । सामुदायिक र संस्थागत विद्यालयमा सिकाइ केन्द्रदेखि कक्षा १२ सम्मका कुल विद्यार्थीको सङ्ख्या ५७ हजार ५०० सात रहेको छ । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.