गौरीकलाको बलात्कारपछि हत्या गर्ने ट्राफिक प्रहरीसहित ३ जनालाई ३२ वर्ष जेल

पुष २, काठमाडौं । पञ्चपुरी नगरपालिका–३ चौर सुर्खेतकी गौरीकला रोकाया हत्याका तीन जना आरोपितलाई जिल्ला अदालत सुर्खेतले दोषी ठहर गरेको छ ।पञ्चपुरी नगरपालिका–८ सुर्खेत निवासी दाजुभाइ लक्ष्मी बास्तोला, खुम बास्तोला र दैलख घर भई बाबियाचौर इलाका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत हरि कोइरालालाई अदालतले दोषी ठहर गरेको हो ।

दोषी ठहर तीनै जनालाई ३२ वर्षको जेल सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार अधिकृत भुपाल भण्डारीले जानकारी दिनुभयो ।गौरीकलाको बलात्कारपछि हत्या भएको घटनामा तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा चैत्र १३ गते जाहेरी दर्ता भएको थियो भने २०७५ वैशाख ९ गते जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर भएको थियो ।

जिल्ला अदालत सुर्खेतका न्यायाधीश ध्रुवकुमार शाहीको एकल इजलासले उक्त फैसला सुनाएको हो । मृतकका हकवालाई रु एक लाख क्षतिपूर्ति भराइलिने गरी अदालतद्वारा फैसला भएको जनाइएको छ । सूर्यप्रकाश मावि पञ्चपुरी– ४ सुर्खेत पलैटेबाट २०७४ चैत ८ गते माध्यमिक परीक्षा दिन रोकाया बाबियाचौर पुगेकी थीन । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.