पुस १, काठमाडौं । प्रदेश नम्बर २ को नाम मिथिला घोषणा गर्न हस्ताक्षर अभियान सुरु भएको छ ।
हस्ताक्षर संकलनकको लागि मिथिला यात्रा २०७५ नामांकनसहित अभियान यतिबेला जिल्ला जिल्ला पुगेको छ । स्वतन्त्र अभियन्ताका रुपमा ९ जना युवाहरुले २ नम्बर प्रदेशको नाम मिथिला र कामकाजको भाषा मैथिली हुनुपर्नेभन्दै हस्ताक्षर अभियान थालेका हुन् । बारा, पर्सा, रौतहत, महोत्तरी, धनुषा र सिरहागरी ६ जिल्लाबाट हलसम्म ५ हजरबढी हस्ताक्षर संकलन गरिएको अभियन्ता निराजन झाले जानकारी दिए । मंसिरको १३ गतेबाट सुरु भएको हस्ताक्षर संकलनको कार्य विभिन्न जिल्लाका गाउँ–गाउँहुँदै अहिले सिरहा आइपुगेको झाले बताए ।
हस्ताक्षर अभियानमा सर्वसाधारणले उल्लेख्यरुपमा भाग लिएको भन्दै उनले भने, “हामीले समयअभावमा थुप्रै स्थानमा पुग्न सकेका छैनौं ।” उनले अभियान धनुषा पुगेपनि यसविषयमा मुख्यमन्त्री लालबाबु राउतसंग कुनै कुरा नभएको बताए । अभियान सप्तरी जिल्ला पुगेर समाप्त हुने छ ।

