पार्टी सञ्चालनको जिम्मेवारी प्रचण्डलाई दिन वामदेवको माग

पौष १, काठमाडौँ । नेकपाका वरपष्ठ नेता वामदेव गौतमले पार्टीको एकल नेतृत्व पुष्पकमल दाहाल प्रचण्डलाई दिन माग गरेका छन । शनिबार सुरु भएकाे स्थायी समिति बैठकमा गौतमले सरकार र पार्टी नेतृत्वका हालसम्मका कामको आलोचना गरेका थिए ।

उनले बैठकमा अलग्गै पेस गरेको १६ पृष्ठको प्रतिवेदन पेश गर्दै प्रधानमन्त्री केपी शर्मा अाेलीले पार्टी कामको पनि जिम्मेवारी लिँदा त्यो भूमिका सफलतापूर्वक निर्वाह गर्न नसकेको उल्लेख गरेका छन । त्यसैले अर्का अध्यक्षले पार्टी सञ्चालनमा बढी ध्यान दिने गरी ‘एक व्यक्ति एक जिम्मेवारी’ को अवधारणा लागू गर्नुपर्ने उनले जनाएका छन ।

ओली र प्रचण्डकाे संयुक्त प्रतिवेदनलाई ‘टक्कर’ दिने वामदेवकाे छुट्टै प्रतिवेदन यस्ताे छ (पूर्ण पाठसहित)

प्रतिवेदनमा उनले भनेका छन्- ‘अहिलेसम्मको अनुभवका आधारमा प्रधानमन्त्रीले पार्टी अध्यक्षको कार्यकारी भूमिका सफलतापूर्वक निर्वाह गर्न अनुकुलता भएको पाइएन । तसर्थ अध्यक्ष प्रधानमन्त्रीले प्रभावकारी रुपमा सरकार संचालन गर्ने तर्फ नै ध्यान बढी दिने र प्रधानमन्त्री नभएका अध्यक्षले प्रभावकारी रुपमा पार्टी संचालन गर्नेतर्फ ध्यान बढि दिने व्यवस्था गर्ने । कुनै पनि कमिटीको अध्यक्षता गर्न दुबै अध्यक्षको अनिवार्य उपस्थितिको व्यवस्था अन्त्य गर्ने । अब दृढतापूर्वक सम्पूर्ण पार्टी कमिटीमा एक व्यक्ति एक प्रमुख जिम्मेवारी लागु गर्ने ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.