मंसिर २८, काठमाडौं । काठमाडौंको प्रज्ञा भवन कमलादीमा विहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने भएको हो । नयाँ नेतृत्वका लागि प्रगतिशील र लोकतान्त्रिक समूह ‘प्यानलगत’ प्रतिस्पर्धामा छन ।
त्रिरत्न बज्राचार्यले प्रगतिशील र हिरेन्द्रमान प्रधानले लोकतान्त्रिक समूहको नेतृत्व गरेका छन । दुवै समूहले व्यवसायिक हक–हितका एजेण्डा उठाएका छन । गुणस्तरीय इन्जिनियरिङ शिक्षा, सम्मानजनक रोजगारी, सेवा–सुविधा र क्षमता अभिवृद्धि लगायत विषयलाई चुनावी एजेण्डा बनाइएको हो । निर्वाचनले २७ हजार सदस्य आवद्ध एशोशिएसनको दुई वर्षे कार्यकालका लागि ३२ औं कार्यसमिति र सात वटै प्रदेश समिति निर्वाचित गर्ने छ ।
केन्द्रीय समितिमा १८ र प्रादेशिक समितिमा १६–१६ जना निर्वाचित हुने छन । आज रातभरमा चुनावी परिणाम सार्वजनिक गर्ने तयारी छ ।

