सेञ्चुरी कमर्सियल बैंकद्वारा अनाथ बालबालिकाहरुलाई सहयोग

मंसिर २८, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हेल्पलेस चिल्डे«न होम’, कीर्तिपुर नगरपालिका वडा नं। ६ चोभार स्थित आश्रमलाई सहयोग गरेको छ ।

यस आश्रममा अनाथ, असाहय, अपाङ्ग तथा विपन्न वर्गका बालबालिकाहरु करिब ३८ जना छन जसको सुत्ने र बस्ने कोठामा कार्पेटको आवश्यकता भएकोले बैंकले कार्पेट र खाद्यपर्दाथ दिई आश्रमलाई सहयोग गरेको हो ।

बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काज्यूले हेल्पलेस चिल्डे«न होमका उपाध्यक्ष सुनिता साम्सोहाङ्गज्यूलाई हस्तान्तरण गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.