मंसिर २८, विराटनगर । मोरङमा छुरा प्रहार गरी एक जनाले आफ्नै बुबाको हत्या गरेका छन । घरायसी विवादमा विराटनगर महानगरपालिका–१७ धुनिया बस्ती का २२ बर्षका चुनु मण्डलले छुरा प्रहार गर्दा बुबाको मृत्यु भएको हो ।
छुरा प्रहार गर्ने छोरा भाग्ने क्रममा पक्राउ परेका छन । मोरङ प्रहरीले दिएको जानकारी अनुसार बिहीबार राति छुरा प्रहारबाट घाइते भएका बुबा शशीलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पुर्याइएको थियो । तर उनको उपचारका क्रममा राति १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
बिहीबार शशी मण्डल, जेठी श्रीमतीको आकाश मिया मण्डल र शशी मण्डलको कान्छी श्रीमतीका छोरा चुनु मण्डलबीच घरायसी विषयमा विवाद भएको थियो । विवादकै क्रममा मादक पदार्थ सेवन गरेका चुनुले छुरा प्रहार गरेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

