अबकाे एक हप्तामा नेपाल टेलिकमको इन्टरनेट मूल्य घट्छ : सञ्चारमन्त्री

मंसिर २८, काठमाडाैँ । नेपाल टेलिकमले विदेशबाट खरिद गरेर ल्याउने इन्टरनेट ब्यान्डविथकाे मूल्य घटाउने तयारी भइरहेकाे सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गाेकुल बाँस्काेटाले बताएका छन ।

टेलिकमकाे लागत मूल्य घटाएर उपभाेक्तालारि समेत सस्ताे बनाउने पहल भइरहेकाे जानकारी दिँदै मन्त्री बाँस्काेटाले अबकाे एक हप्तामा नै मूल्य समायाेजन गरिने बताएका हुन ।

नेपालकाे सबैभन्दा ठूलाे दूर सञ्चार सेवा प्रदायक नेपाल टेलिकमले हाल भारत र चीनबाट प्रति एमबीपिएस १८ अमेरिकी डलर तिरेर ब्यान्डविथ ल्याइरहेको छ । यस मूल्यमा समायोजन गरेर कम्तीमा १२ डलरमा झार्ने पहल भइरहेकाे उनले जानकारी दिए ।

अाफू मन्त्री भएर आउँदा टेलिकमले प्रति एमबीपिएसकाे ३० डलर तिरिहेको बताउँदै मन्त्री बाँस्काेटाले भने, ‘बीचमा सिधै मूल्य घटाउन मिल्दैनथियो तर पनि हामीले सहमति गरेर १८ डलरमा झारेका हाैँ । फेरि पनि हामी छलफलमै छौँ, यसबाट न्यूनतम ६ डलर मूल्य घट्नेछ ।’ विदेशबाट ल्याइने व्यान्डविथको मूल्य घट्दा उपभोक्ता र कम्पनी दुवैलाई फाइदा हुने उनकाे भनाइ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.