मंसिर २८, दाङ । दाङको तुलसीपुर बजारस्थित एक पसलबाट सल्किएकाे अागाले पूरै घर जलेकाे छ । आगाेले पसल रहेकाे घर पूरै क्षतिग्रस्त भएको छ भने करिब ५ कराेड बराबरकाे अार्थिक क्षति अनुमान गरिएकाे छ ।
स्थानीय भीम घिमिरेले सञ्चालन गर्दै अाएकाे हाेलसेल जुत्ता-चप्पल पसलमा अागाे लागेकाे हाे । उनकाे आफ्नै घरमा सञ्चालन गर्दै आएको पसल जलेर खरानी भएकाे छ । अाजै बिहान ६ बजेतिर धुँवा फैलिएपछि आगो सल्किएकाे थाहा पाएका घिमिरेकाे परिवार सोही घरको माथिल्लो तल्लामा बस्दथ्याे । तर घटनामा मानवीय क्षति चाहिँ भएकाे छैन ।
विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीले जनाएकाे छ । तुलसीपुर उपमहानगरपालिकाको दमकल, पानी ट्यांकरका साथै घोराही उपमहानगरपालिकाको दमकल समेत अागाे नियन्त्रणका लागि पुगेकाे थियाे । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयहरुको प्रयासमा आगो नियन्त्रणमा लीएकाे छ ।

