च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनल समीकरण पूरा, कुन-कुन टाेली पुगे ?

मङ्सिर २७, काठमाडाैँ । च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

गएराति भएको खेलमा अन्तिम १६ मा पुग्ने सबै टिमको टुङगो लागेपछि यो समीकरण पूरा भएको हो । समूह इ मा बार्यन म्युनिख विजेता र आयाक्स उपविजेताका रुपमा अन्तिम १६ मा पुगे ।

समूहको अन्तिम खेलमा बार्यन र आयाक्सले तीन–तीन गोलको बराबरी खेले । जसका कारण बार्यन विजेता र आयाक्स उपविजेता बन्यो । यस्तै समुह एफबाट म्यानचेस्टर सिटी विजेता र लियोन उपविजेताका रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरे । सिटीले होफेनहमलाई दुई एकले हरायो ।

समुह जीबाट रियल मड्रिड विजेता र रोमा उपविजेता बन्यो । घरेलु मैदानमा रियल पराजित हुँदा अर्को खेलमा रोमा पनि भिक्टोरिया प्लेइजिङसँग दुई एकले हार्न पुज्ञ्ो । जसका कारण यसअघि नै नकआउट चरणमा पुगेको रियल विजेता र रोमा उपविजेता बन्यो ।

समुह एच मा युभेन्टस विजेता र म्यानचेस्टर युनाइटेड उपविजेता बन्यो । दुबै टिमले समुहको अन्तिम खेलमा पराजित भए । युभेन्टस योङ बोइजसँग दुई एकले पराजित भयो भने म्यानचेस्टर युनाईटेड पनि भ्यालेन्सियासँग हार्न पुज्ञ्ो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.