नेपाली काङ्ग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

मङ्सिर २७, काठमाडौँ । नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।काङ्ग्रेसले सङ्घीयता अनुसार पार्टीको विधानलाई परिमार्जन गर्न मङ्सिर २८ देखि पुस ३ गतेसम्म महासमिति बैठक बोलाएको हो । महासमितिको तयारीका लागि विभिन्न समिति गठन गरिएको थियो ।

समितिले आफ्नो जिम्मेवारीका काम अन्तिम चरणमा पुगको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति, उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव समिति र महामन्त्री डा शशांक कोइरालाको संयोजकत्वमा साङ्गठनिक प्रस्ताव समिति गठन गरिएको थियो । यस्तै अर्का महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा, सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा समग्र आर्थिक नीति प्रस्ताव, कोषाध्यक्ष सीतादेवी यादवको संयोजकत्वमा पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन तयारी समिति गठन गरिएको थियो ।

विधान मस्यौदाका सम्बन्धमा मङ्सिर १३ देखि २२ गतेसम्मको केन्द्रीय समिति बैठकमा निरन्तर छलफल भए पनि सो प्रतिवेदन पारित हुन सकेन । विशेषगरी पदाधिकारी सङ्ख्या बढाउने,नबढाउने, पदाधिकारी निर्वा्चित हुनुपर्ने वा मनोनयन हुनेलगायत विषयमा बहस जारी छ ।

यसैबीच काङ्ग्रेसले मङ्सिर २८ गते केन्द्रीय कार्यालयमा महासमिति सदस्यको दर्ता एवं स्वागत गर्ने र मङ्सिर २९ गते महासमिति उद्घाटन गर्ने जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.