मंसिर २५, काठमाडौं। हेल्थकियर टेक्नोलोजिजले माइक्रो लाइफको डिजिटल (पारो प्रयोग नभएको) प्रविधिबाट उपत्यका काठमाडौंका नागरिकहरुका लागि निशुल्क रुपमा ब्लड प्रेसर जाँचको काम सुरु गरेको छ ।
हेल्थकियर टेक्नोलोजिजले हिजोबाट उपत्यका काठमाडौंको दुई दर्जन भन्दा बढी स्थानहरुमा निःशुल्क रुपमा डिजिटल ब्लड प्रेसर जाँच गर्ने कार्यक्रम सञ्चालन गरेको हो । हेल्थकियर टेक्नोलोजिजले कलंकी, वल्खु, सानेपा, जावलाखेल, धापाखेल, हात्तिवन, हाउजिङ सिइसटी हाउजिङ भैसीपाटी हाइट, सिभिल हाउस कोलोनी, बाफल हाउजिङ छाउनी हाउजिङ सितापाइला, स्वयम्भु भगवती, वनस्थली बालुवा भाटभटेनीमा निः शुल्क रुपमा डिजिटल ब्लड प्रेसर जाँच गरिरहेको छ ।
हेल्थकियर टेक्नोलोजिजका प्रबन्ध निर्देशक विनित तुल्स्यानका अनुसार बसुन्धरा, बुढानिलकण्ठ, चपली, चावहिल गोपीकृष्ण हल, नापी, कपन, सुकेधारा, बालकुमारी कोलोनी, भुक्तपुर भाटभटनी रोज भिलेज, ग्रिनहिल सिटी पेप्सीकोला, वानेश्वर हाइट, शान्तिनगर, बुद्धनगर, शङखमुल किर्तिपुर पागाँ, टगालफाट मच्छेगाउँ, चापगाउँ भद्रकाली चोक दुवाकोट, सानोठिमी, पगाटे, च्यामासिङ र सुर्यविनाकमा हुन लागेको हो । नागरिकहरुमा डिजिटल प्राविधिको बारेमा जनचेतना जगाउने उदेश्यले निःशुल्क रुपमा डिजिटल प्रविधिको शिविर गर्न लागएको तुल्स्यानले जानकारी दिए ।

