एमबीबीएस अध्ययनरत ३ दलित विद्यार्थीलाई प्रदेश सरकारको आर्थिक सहयोग

मङ्सिर २५, धनुषा । आर्थिक समस्यामा परेका एमबीबीएस अध्ययनरत तीन दलित विद्यार्थीलाई प्रदेश नं २ सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले मंगलबार तीनै जना विद्यार्थीलाई साढे तीन लाख रुपैयाँको दरले चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्यमन्त्री कार्यालयका सचिव हरि फुयाँलसहितको उपस्थिति रहेको थियो । छात्रवृत्तिमा नाम निकाली नेशनल मेडिकल कलेज वीरगञ्जमा अध्ययनरत तीनै जना विद्यार्थीलाई खान र बस्न समस्या भएपछि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकारको आर्थिक सहयोग पाउनेमा छिन्नमस्ता गाउँपालिका–२ का दिनेश मरिक डोम, सर्लाही ईश्वरपुर नपा–१ का रुकेशकुमार राम र प्रमोदकुमार राम रहेका छन् । दिनेश मरिक डोम समुदायबाट एमबीबीस पढ्ने पहिलो व्यक्ति हुन् भने रुकेशकुमार राम र प्रमोदकुमार राम दाजुभाइ हुन् । यसैबीच उपचार खर्चको आभावमा अपाङ्ग भएका महोत्तरी पिपराका शम्भु मिश्रलाई प्रदेश सरकारले उपचारका लागि ५० हजार रुपैयाँ उपलब्ध गराएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.