मंसिर २५, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रमा ज्वरो आएको बताएका छन् ।
अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रमा ज्वरो आएको तर त्यो बच्चाको दात आउँदा आएको ज्वरो भएका कारण असर खासै नगर्ने बताए । सेयर बजारमा विषयमा छलफल गर्न बोलाएको बैठकमा बोल्दै उनले सेयर बजारमा भएको पुँजीलाई परिचालन गरी उत्पादनमूलक क्षेत्रमा लगाउन सके आर्थिक वृद्धिदरमा सहयोग पुग्ने बताए ।समितिले निर्णय कुनै लिने भए सेयर बजारका बिज्ञको धारणा लिएर मात्रै निर्णय लिनु पर्ने बताए । उनले सरकार पुँजी बजारका विषयमा सजक भएको समेत बताएका छन् ।
उनले सेयर बजारमा लगानी गर्दा कति समय होल्ड गर्न सकिन्छ विचार गरेर मात्रै लगानी गर्न सुझाव दिए । राष्ट्रिय पुँजी निर्माण सेयर बजारलाई बनाउनु पर्ने आफ्नो धारणा रहेको उनले बताए । अर्थतन्त्र सकरात्मक दिशामा रहेका कारण आत्तिनु पर्ने अवस्था भने नरहेको अर्थमन्त्री खतिवडाको भनाइ छ । बैठकमा सहभागी पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीले भने दुईवटा कम्युनिस्ट मिलेर चुनावमा जाने निर्णय भएसँगै सेयर बजारको पतन सुरु भएको बताए । सेयर बजारबारे सरकार गम्भीर नबन्दा पनि समस्या आएको उनको भनाइ छ ।

