भारतीय रिजर्भ बैंकका गभर्नरको राजीनामा

मंसिर २५, काठमाडौं । भारतीय रिजर्भ बैंकका गभर्नर उर्जित पटेलले राजीनामा दिएका छन् ।

उनले व्यक्तिगत कारण देखाउँदै तत्काल लागू हुने गरी राजीनामा दिएका हुन् । उनको समयावधि सन् २०१९ को सेप्टेम्बरदेखि सकिँदै थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार र भारतीय रिजर्भ बैंकबीच विवाद भइरहेका बेला गभर्नर पटेलको राजीनामा आएको हो ।–एजेन्सी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.