समन्वय अभावले निर्माण व्यवसायीको भुक्तानी अन्योलमा

मंसिर २५, काठमाडौं । संघ, प्रदेश र स्थानीय सरकारबीच आवश्यक समन्वय हुन नसक्दा देशभरका निर्माण व्यवसायीहरु मर्कामा परेको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ ।

महासंघले विभिन्न तहका सरकारबीच समन्वय नहुँदा संघीय सरकारले सम्झौता गरी सञ्चालनमा रहेका विभिन्न सडक, भवन, पुललगायतका परियोजनाहरुको भुक्तानीमा अन्योल देखिएको र त्यसको मर्का निर्माण व्यवसायीलाई परेको गुनासो गरेको छ । पछिल्लो समय भुक्तानीको समयमा संघीय सरकारले प्रदेश तथा प्रदेश सरकारले संघीय सरकारलाई देखाउँदा अलमलको अवस्था सिर्जना भएको महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै अन्योलका बीच परियोजनाहरुको निर्माणमा ढिलाइ हुँदा दोषीको भागिदार भने निर्माण व्यवसायीलाई मात्र बनाइने गरिएको भन्दै महासंघले आपत्ति जनाएको छ ।

हाल आएर निर्माण व्यवसायीहरुले जारी गरेको बैंक ग्यारेन्टीसमेत केन्द्र वा प्रदेश कुन सरकारको नाममा हुने भन्ने द्धिविधा उत्पन्न भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । केन्द्रीय स्तरका परियोजना निर्माणका लागि हाल प्रदेश सरकार सवल नभएको अवस्थामा समस्या समाधानका लागि परियोजनाहरु सम्पन्न नहुन्जेल र भुक्तानी नभएसम्म सम्झौता भएको निकाय केन्द्रीय सरकारबाट नै व्यवस्थापनका लागि महासंघले माग गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.