मन्त्री विश्वकर्मालाई ‘डा अम्वेडकर अन्तर्राष्ट्रिय अवार्ड’

मंसिर २४, काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ‘डा अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड २०१८’ बाट सम्मानित भएका छन् ।

दलित तथा पछाडि पारिएको वर्गको उत्थान, विकासका र अधिकारका लागि गरेको योगदानको सम्मान गर्दै भारतीय दलित साहित्य एकेडेमीले भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक समारोहबीच मन्त्री विश्वकर्मालाई आइतबार सो सम्मान प्रदान गरेको मन्त्री विश्वकर्माका स्वकीय सचिव सुशील विकेले जानकारी दिए । दलित आन्दोलनका अगुवा तथा भारतीय संविधानका निर्माता डा भीमराव अम्वेडकरको नाममा स्थापना गरिएको हो । दलित आन्दोलन, कला, साहित्य, अध्ययन र अनुसन्धानको क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई एकेडेमीले प्रत्येक वर्ष पुरस्कृत गर्ने गरेको छ । मन्त्री विश्वकर्माले आफूले पाएको सम्मान, जातीय विभेद् र छुवाछुतविरुद्धको, सामाजिक न्याय, समानता र मानव मर्यादाको आन्दोलन, नेपाली दलितमुक्ति आन्दोलनकै सम्मान भएको बताए ।

हिन्दू धर्म र वर्णाश्रम व्यवस्था, जाती व्यवस्था, धर्म, संस्कार, राजनीति तथा विभिन्न दर्शनशास्त्रको गहन अध्ययन गरी डा अम्वेडकरले दिएका विचार उत्पीडित दलितको मुक्ति र सङ्घर्षका लागि सदाबहार प्रेरणादायी र मार्गदर्शक भएको बताउँदै मन्त्री विश्वकर्माले एकेडेमीले उनका विचारलाई चीरस्थायी बनाउन र दलित आन्दोलनलाई अन्तर्राष्ट्रियकरण गर्न गरेको कामको प्रशंसा गरे । एकेडेमीले ३४औँं सम्मेलनका क्रममा दलित आन्दोलनमा योगदान पुर्याएका दक्षिण एशियाका दलित आन्दोलनकर्मीलाई विभिन्न विधाका अवार्ड वितरण गरेको थियो । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.