स्वास्थ्य सचिवलाई तत्काल हटाउन चिकित्सक संघको माग

मंसिर २४, काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गैर स्वास्थ्यकर्मीलाई सचिवको जिम्मेवारी दिएको भन्दै विरोध जनाएको छ ।

संघले तत्कालै उक्त निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । सरकारले स्वास्थ्य सचिवमा प्रशासन समुहका केदारबहादुर अधिकारीलाई नियुक्त गरेपछि चिकित्सक संघ विरोधमा उत्रिएको हो । संघले आज एक विज्ञप्ति जारी गर्दै निर्णय फिर्ता लिन माग गरेको हो । संघले उक्त निर्णयको विरोध गर्न देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह समेत गरेको छ ।

स्वास्थ्य सेवा ऐनको दफा १९ अनुसार वरिष्ठ स्वास्थ्यकर्मी स्वास्थ्य सचिवमा नियुक्त हुँदै आएकोमा हाल उक्त ऐनको भावना र मर्म विपरित गैर स्वास्थ्यकर्मीलाई स्वास्थ्य सचिवका रुपमा सरुवा गरिएको निर्णयबाट नेपाल चिकित्सक संघ स्तब्ध भएको छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ । चिकित्सक संघले सरकारले आफ्नो निर्णय नसच्याए आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । नवनियुक्त स्वास्थ्य सचिव केदारबहादुर अधिकारी प्रशासन समुहको छन् ।

यस अघिकी स्वास्थ्य सचिव डा पुष्षा चौधरीले राम्रो काम गर्न नसकेको भन्दै प्रधानमन्त्री कार्यलयले गत असोज २८ गते उनको सरुवा गरेको थियो । प्रधानमन्त्री कार्यलयमा नै सरुवा गरिएकी डा। चौधरीले सरकारी निर्णयको विरोध गर्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए । सर्वोचले उनलाई तत्काल सरुवा नगर्न आदेश दिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.