सुन तोलाको ५९ हजार रुपैयाँ पुग्यो

मंसिर २३, काठमाडौं । केही दिनदेखि विस्तारै बढिरहेको बहुमूल्य धातु सुनको भाउ आइतबार तोलामा एकैचोटि ५ सय बढेर ५९ हजार रुपैयाँ पुगेको छ । यो भाउ मंसिर महिना सुरु भएयताकै सबैभन्दा उच्च हो ।

गत शुक्रबार तोलाको ५८ हजार ५ सय रुपैयाँ पुगेको सुन आज आइतबार ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत बिहीबार प्रतितोला ५८ हजार ७ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको दाँजोमा आइतबार छापावाल सुनको भाउ प्रतितोला ५ सयका दरले बढेर ५९ हजार रुपैयाँ कायम भएको हो । तेजाबी सुनको भाउ भने प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७ सय २० रुपैयाँ रहेको छ । गत शुक्रबार तेजाबी सुन तोलाको ५८ हजार २ सय र चाँदी तोलाको ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार मंसिर २३ (आज) सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ तोलाको अधिकतम ५९ हजार रुपैयाँसम्म पुगेको छ । यसअघि मंसिर २, ३ र २० गतेको भाउ ५८ हजार ७ सय रुपैयाँसम्म पुगेको थियो । त्यसयता विस्तारै यसको भाउ तलमाथि हँुदै आएको छ । पछिल्लो एक साताको मूल्यसूचीअनुसार मंसिर १६ मा छापावाल सुनको भाउ प्रतितोला ५७ हजार २ सय, मंसिर १७ मा ५७ हजार ४ सय, मंसिर १८ मा ५८ हजार ३ सय, मंसिर १९ मा ५८ हजार ४ सय, मंसिर २० मा ५८ हजार ७ सय र मंसिर २१ मा ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.