पूर्वमन्त्री पाण्डेसहित २१ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

मंसिर २२, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिंचाइ आयोजनामा भ्रष्टाचार भएको ठहर गरेको छ ।

ठेकेदार तथा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरूद्ध ८ अर्बको भ्रष्टाचार मुद्दा दायर गरेको छ । मन्त्री पाण्डे विरुद्ध २ अर्ब १३ करोड बिगो माग दाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको भएको छ । आयोगले शुक्रबार पूर्वमन्त्री पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेको हो।

कालिका कन्स्ट्रक्सनका प्रमुख पाण्डे, चारजना आयोजना प्रमुख, ९ जना इन्जिनियरसहित २१ जनाविरुद्ध मुदा दायर गरिएको हो ।आयोगबाट सिक्टा नहर निर्माणको अनुगमन गर्दा मूल नहरको डिजाइनमै त्रुटि देखिएको र नहर भत्किएको पाइएको दाबी अख्तियारले गरेको छ । यस्तै, आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेन्ट र निर्माण व्यवसायीले समेत ‘सुपरभिजन’ नगरेको हुँदा कमसल काम भएकाले नहर भत्किएको पाइएको पनि अख्तियारले उल्लेख गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.