“नौ महिनामै सवै काम किन भएन भन्ने आलोचनाकाे कुनै तुक छैन” – प्रचण्ड

मंसिर २१, काठमाडाै‌ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारको आलोचनामा ‘तुक’ नभएको टिप्पणी गरेका छन । सरकारको आलोचना बढिरहेका बेला काठमाडौंमा आज आयोजित कार्यक्रममा अध्यक्ष दाहालले नौ महिनामा ‘ऐतिहासिक महत्व’का काम गरेको भन्दै सरकारको बचाउ गरका हुन ।

नागरिकको चासो र चिन्ता सम्बोधनमा सरकार केन्द्रित रहेको भन्दै अध्यक्ष दाहालले ऐतिहासिक उपलब्धीतर्फ ध्यानै नदिएर सार्वजनिक खपतका लागि मात्रै आलोचना गर्ने प्रबृत्ति घातक रहेको पनि बताए ।

नेकपाले चुनावका बेला व्यक्त गरेको प्रतिवद्धता चार वर्षभित्र पूरा गर्ने संकल्पमा सरकार दृढ रहेको भन्दै अध्यक्ष दाहालले सरकारलाई सचेत गराउनु स्वभाविक भएपनि नौ महिनामै सवै काम किन भएन भन्ने प्रबृत्ति पनि गलत रहेको औंल्याए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.