फरार खुङ्खार डाका राजन लिम्बूलाई गोली प्रहार गरी नियन्त्रणमा लिइयाे

मंसिर २१, काठमाडौं । महानगरीय अपराध महाशाखाले डकैती मुुद्दामा फरार अभियुुक्त राजन लिम्बूलाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले केही समय अगाडि इटहरीमा रहेको आइएमइका कर्मचारीलाई पेस्तोल देखाएर रु तीन लाख लुुटी फरार रहेका इटहरी नगरपालिका सुनसरीका राजन लिम्बूलाई आज दिउँसो धोवीखोला कालोपुलबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले कर्तव्य ज्यान र डकैती मुद्दामा फरार रहेका लिम्बूलाई पक्राउ गर्न खोज्दा उनले पेस्तोल देखाएर भाग्न खोजेकाले बाध्यभएर प्रहरीले एक राउण्ड गोली प्रहार गरी नियन्त्रण लिएको जानकारी दिनुुभयो ।

लिम्बूको अवस्था सामान्य रहेको र अहिले वीर अस्पतालमा उनको उपचार भइरहेकोे छ । विभिन्न घटनामा संलग्न लिम्बूको यसअघि महाशाखा र परिसरमा छ वटा उजुरी परेको थियो । सो उजुुरीका आधारमा लिम्बूलाई नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.