अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

मंसिर २१, काठमडाैं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा नागरिक उड्डयन प्राधिकरणले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको उपस्थितिमा विशेष कार्यक्रम गर्दैछ ।

दिवसका अवसरमा शुक्रबार बिहान हवाई यातायात क्षमता अभिवृद्धि आयोजनास्थलदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म ’वाकनाथ’ आयोजना गरिएको थियो । सिकागो कन्भेन्सन लागू भएपछि सन १९९४ देखि नै अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आइकाओले यो दिवस मनाउँदै आए पनि संयुक्त राष्ट्रसंघको महासभाले १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको हो ।

यो वर्ष दिवको नारा ‘नो कन्ट्री बिहाइन्ड लेफ्ट’ अर्थात ‘उड्डयन क्षेत्रमा कुनै पनि देश पछि नपरुन्’ छ । आइकाओमा नेपालसहित १९२ राष्ट्र सदस्य छन । हाल नेपालमा नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमसहित एक दर्जन निजी कम्पनीका साना ठूला विमानहरूले बाह्य तथा आन्तरिक उडान गर्दै आएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.