धर्म परिवर्तनको आरोप लगाउँदै प्रधानमन्त्री विरुद्ध प्रहरीमा उजुरी

मङ्सिर १८, कामाठाडौँ । एकजना अधिवक्ता प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म परिवर्तन गरेको आरोप लगाउँदै उजुरी दिन पुगेका छन् । तर उक्त उजुरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।

प्रधानमन्त्रीविरुद्ध उजुरी लिएर पुग्ने अधिवक्ता भूपेन्द्र पोखरेल हुन् । उनलाईलाई महानगरीय प्रहरी परिसर टेकुले आरोप पुष्टि नहुने भन्दै फर्काइदिएको छ। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका ओलीले धर्म परिवर्तन गरेको भन्दै हेटौंडा उपमहानगरपालिका–७ घर भइ काठमाडौंको हनुमानस्थान बस्दै आएको अधिवक्ता पोखरेल उजुरी लिएर पुगेका थिए । प्रम ओली र क्रिश्चियन धर्म प्रचारमा सक्रिय युनिभर्सल पिस फेडेरेशनका नेपाल प्रमुख एकनाथ ढकालविरुद्ध लगाइएको आरोप उजुरीबाट प्रमाणित नहुने बताएपछि अधिवक्ता पोखरेल फर्किएको परिसर प्रमुख एसएसपी वसन्त लामाले बताए ।

प्रहरीले उजुरी अध्ययन गरेपछि प्रममाथि लगाइएको आरोप पुष्टि नहुने बताउदै उक्त उजुरीलाई मुद्दा शाखामा छाडेर जानु भनेपनि ति अधिबक्ताले आफ्नो उजुरी बोकेर गएको प्रहरीले बताएको छ । ओली र ढकालविरुद्धको ति अधिवक्ताले ‘धर्म परिवर्तनको उद्योग’ सम्बन्धी अपराधमा सजाय माग गर्दै उजुरी दिएका थिए । गत मंसिर १३, १४, १५, १६ र १७ गते राजधानीमा भएको एसिया प्यासिफिक सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले धर्म परिवर्तन गरेको आरोप लगाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.