मंसिर १८, काठमाडौं । साँझापाखा थियो, झमक्का रात पर्दै गएको अवस्थमा एउटा ट्याक्सी गुडिरहेको थियो आचनाक त्यही ट्याक्सी जोरपाटी स्थित नाराणटारको सडकमा एउटा अनौठोको दुर्घटनामा परियो । जुन दुर्घटनाले सवै सवारी चालक र सर्वसाधारणलाई नै आतङकित बनायो ।
कारण थियो सडक साईडमा पानीलाई निकास दिन बनाइएको ढलको पाईप बिछ्याउने कार्य । जहाँ अवैज्ञानिक र अव्यवस्थित तवरले सडकको बीचबाटोमा ढल विछ्याउने कार्य भईरहेको थियो । आफ्नै गतिमा गुडिरहेको ट्याँक्सी खाल्डोमा दुर्घटना भए पनि मानवीय क्षति भने हुन पुगेन तर त्यहाँ स्थित वरिपरिका सर्वसाधारण र केही स्थानीयहरु भने आक्रोसमा थिए ।

चावहिल, जोरपाटी हुदैँ साँखु सडक विस्तारमा सहयोग पु¥याउन निर्माण भईरहेको उक्त पाईप विछ्याउने कार्यले सबैलाई अचम्मित बनाईरहेको बेला पटक–पटक सवारी साधनहरु दुर्घटना परिरहेको हुने त्यहाँ वरिपरिका व्यक्तिहरुको मुखरित शब्द सुनिन्थ्यो । नसुन्नु पनि कसरी ? मापदण्ड विपरीत कार्य भईरहदा जनप्रतिनिधि र सम्बन्धित निकाय भने मौन रहेको छ । सडकको मापदण्डअनुरुप सडक छेउमा पानी निकासको ढल विछ्याउनु पर्ने भए पनि त्यहाँ स्थित जोरपाटी नारायणटारमा भने सडक छेउ घरहुनेहरुको दवावमा सडकको वीचबाटै ढलको पाईप विछ्याउने कार्य भईरहेको छ ।
जनप्रतिनिधि नै अपरिपक्क निर्णयमा रमाएपछि पटक–पटक दुर्घटना हुने गरेको सर्वसाधारणले बताए । सवारी साधनमात्र नभई मान्छे नै दुर्घटनामा परेको एक प्रत्यदर्शीले सुनाए । स्थानीय सरकारको कमजोरीका कारण त्यस प्रकारका घटना प्राय त्यस क्षेत्रमा घटिरहने त्यसै क्षेत्रका विद्यार्थी नेता रामचन्द्र गौतमले बताए । ढल सुधारको नाममा जनप्रतिनिधि र ठेगेदार जिम्मेवार नभएको भन्दै त्यसतर्फ गम्भीरता अपनाएर अप्रिय घटना हुनबाट बचाउन आग्रह गरे ।

सडकबीचमा ढल विस्तार गर्दा स्थानीय जनप्रतिनिधि के हेर्दै बसेको त्यसको दीर्घकालीन सोच किन भएन ? त्यसको असरबारे नसोचेकै कारण सडक दुर्घटना भईरहेको बताए । गौतमले भने– ’नारायणटार क्षेत्रको सडक विस्तारको नाममा अनिमियताता समेत भएको छ तर स्थानीय सरकार मौन रहेको छ ।’ त्यसको जावाफदेहिता स्थानीय सरकारले लिनुपर्ने बताए ।


