प्रकाण्डको चेतावनी– ‘निर्मलाका हत्यारालाई अब भौतिक कारवाही गर्छौ’

मंसिर १८, कालिकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले निर्मला पन्तका हत्यारालाई भौतिक कारवाही गरिने चेतावनी दिएका छन् ।

नेकपा कालिकोटले बुधबार मान्मामा गर्न लागेको जनसभालाई सम्बोधन गर्न सदरमुकाम पुगेका प्रवक्ता प्रकाण्डले सरकारले निर्मलाका हत्यारालाई संरक्षण दिईरहेको भन्दै अब पार्टीले भौतिक कारवाही गर्ने चेतावनी दिएका हुन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारी र हत्यारालाई केही दिनमै आफूहरुले बाहिर ल्याएर कारबाही गर्ने चेतावनी दिएका हुन् ।

निर्मलाको घटना राज्यको पहुँच भन्दा बाहिरको नभएको बताउँदै सरकारले चार महिनासम्म एउटा अपराधिक घटनाको दोषीलाई कारबाही गर्न नसकेकोप्रति प्रश्न गरे। उनले अपराधीलार्इ सरकारले नै संरक्षण गरेको दाबी गरे। उनले निर्मलाका बलात्कारी र हत्यारालाई सरकारले अब पनि कारबाही गर्न नसक्ने बताउँदै केही समय अगाडि चर्चामा आएको सुन काण्डजस्तै निर्मलाको घटना पनि त्यसै गरी मिलाउने प्रयास भइरहेको आरोप लगाए। ‘निर्मला नेपाली एक छोरी हो । घटनाको वास्तविकता बाहिर नआउनु राज्यकै अपमान हो’, उनले भने, ‘जुन कुरा सरकारले गर्न सकेन। अब हामी गरेर देखाउछौँ।’

निर्मला हत्या प्रकरण सम्पूर्ण नेपाली चेलीको अस्तित्वसँग जोडिएको बताउँदै उनले राज्यले संरक्षण गरेका चेलीको अस्मिता लुट्ने गुण्डालाई आफूहरुले तह लगाउने चेतावनी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.