मङ्सिर १८, काठमाडाैँ । लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको बर्चश्व तोड्दै रियल म्याड्रिड र क्रोएशियाका मिडफिल्डर लुका मोड्रिचले विश्वका उत्कृष्ट फुटबल खेलाडी प्रतिष्ठित बेलोन डी’ओर अवार्ड जितेका छन ।
यसअघि लगातार १० वर्षसम्म लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मात्रै विश्वका सर्वोत्कृष्ट खेलाडी बन्दै यो अवार्ड जितेका थिए । उनीहरुको साम्राज्य ढाल्दै मोड्रिच विश्वको सर्वोत्कृष्ट खेलाडी बनेका हुन ।
सन २००७ मा पूर्वब्राजिल र एसी मिलानका फरवार्ड काका यो अवार्ड जितेपछि मेस्सी र रोनाल्डोबाहेक अन्य कुनै खेलाडीले यो अवार्ड जित्न सकेका थिएनन । लगातार दश वर्षसम्म मेस्सी र रोनाल्डले ५–५ पटक विश्वको सर्वाेत्कृष्ट खेलाडी बन्दै बनाएको साम्राज्यलाई मोड्रिचले ढालेका हुन ।
रोनाल्डो अवार्डको दोस्रो स्थानमा आए भने मेस्सी पाचौँ स्थानमा आए । फ्रान्सका फरवार्डद्वय एन्टिनियो ग्रिजम्यान र केलियन एम्बाम्पे तेस्रो र चौथो स्थानमा रहे । ३३ वर्षे मोड्रिचले गत मे मा म्यड्रिडबाट लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए भने त्यसपछि भएको विश्वकपमा क्रोएशियालाई पहिलो पटक फाइनलमा पुर्याएका थिए । फाइनलमा क्रोएसिया फ्रान्ससँग ४–२ ले पराजित भएको थियो ।
विश्वकपमा गोल्डन-बुट जित्नुका साथै मोड्रिचले यस वर्ष विश्वको उत्कृष्ट पुरुष खेलाडी तथा वेष्ट फिफा फुटबल अवार्ड पनि जितेका थिए ।
अवार्ड पाएपछि मोड्रिडले १० वर्षको बीचमा मेस्सी र रोनाल्डोबाहेक अवार्डको हकदार सबैमा समर्पित गरे । उनले अवार्ड पाएपछि आफूले पनि यसवर्ष मैदानमा केही गरेको रहेछु भन्ने महशुस भएको बताए । यस्तै यसै सिजनबाट दीएको महिला बालोन डी’ओर अवार्ड लायोन र नर्वेकी स्ट्राइकर २३ वर्षे अदा हेगेरवर्गले जितेकी छन भने १९ वर्षे एम्बाप्पेले कोपा ट्रफी जिते ।

