नतिजामुखी काम भएनः नेता सिंह

मङ्सिर १५, काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले नतिजामुखी काम गर्न नसकेको बताउनुभएको छ ।

श्वेत विनायक बचत तथा ऋण सहकारी संस्थाको नवौँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले यातायात क्षेत्रमा लगाइएको सिण्डिकेट, सुनकाण्ड, निर्मला पन्तको बलात्कारजस्ता घटनाको अनुसन्धान गर्न सरकारले नसकेको आरोप लगाउनुभयो । पार्टीका पूर्व महामन्त्री सिंहले संविधान कार्यान्वयनका लागि काङ्ग्रेसको साथ र सहयोग सधैँ सरकारलाई रहेको उल्लेख गर्नुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.