नेपालमा ३१ हजार एचआईभी संक्रमित

मंसिर १५, काठमाडौं । नेपालमा ३१ हजार २० जना मानिसमा एचआईभी संक्रमण रहेको पाइएको छ ।

जसमा १९ हजार २० जना पुरुष र १२ हजार महिला रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अनुमानित तथ्याङकले देखाएको हो । सो तथ्याङकले महिला भन्दा पुरुष एचआईभी संक्रमणको जोखिममा रहेको देखाएको छ । १ हजार १ सय ९२ जना बालबालिकामा एचआईभी संक्रमण रहेको पाइएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा अनुप बास्तोलाले एचआईभी संक्रमणका बिरामीहरु सुरुको अवस्थामा अस्पताल नै नआउँने अस्पताल आएपनि अन्तिम अवस्थामा मात्र आउँने गरेको बताए । “यस्ता बिरामीहरु घरपरिवारमा र समाजको डरले उपचारका लागि अस्पताल नजाने गरेका र औषधी सेवन गरिरहेका बिरामीहरु औषधी बीचैमा छोड्ने गरेका छन्,” उनले भने “यो रोग लागि सकेपछि कहिलै ठिक हुँदैन । तर नियमित औषधी सेवन गरे रोकथाम भन्ने हुन्छ ।”

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक तारानाथ पोख्रेलले नेपालमा ७६ प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कबाट हुने गरेको बताए । उनले भने, “एचआईभी एड्सको उच्च जोखिममा यौनकर्मी, सुइद्वारा लागुपदार्थ प्रयोग गर्ने, पुरुष संमलिंगी तथा तेस्रोलिंगीहरु, रोजगारीका लागि विदेशिनेहरु र जेलका कैदीहरु रहेका छन् ।” समाजमा एचआईभीका बिरामीलाई हेर्ने दृष्टिकोणलाई परिर्वतन ल्यानुपर्ने निर्देशक पोख्रेल बताउँछन् । केन्द्रका वीरहादुर रावलले सुइद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिंगीहरु यसको सक्रमणको दर अन्य भन्दा बढी रहेका बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.