सेयरधनीहरुलाई दिने लाभांश बैंकहरुले धमाधाम घोषणा गर्दै

मंसिर १४, काठमाडौं । बैंकहरुले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई दिने लाभांश धमाधाम घोषणा गर्न थालेका छन्। जस अनुसार सनराइज बैंकको बिहिबार सम्पन्न ३०३ औं संचालक समितिको बैठकले ११.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको छ।

सनराइज बैंकले पनि अन्य बाणिज्य बैंकलाई पछ्याउदै नगद लाभांशमा मात्रै जोड दिएको छ। बैंकले चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख रुपैयाँबाट हुन आउने ९३ करोड ७५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो। उक्त प्रस्ताब नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी बार्षिक साधारणसभाबाट पारित भएपश्चात लाभांश वितरण हुनेछ। बुक क्लोजको मितिसम्म कायम सेयरधनीहरुले मात्र बैंकको लाभांश पाउनेछन।

त्यसै गरि नेपाल बंगलादेश बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ। बैंकको बिहिबार सम्पन्न ३३२ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको छ। यो सनराइज बैंकको भन्दा ०.९७ प्रतिशत कम हो। हाल बैंकको चुक्ता पुंजी ८ अर्ब ८ करोड रहेको छ। यसअघि माछापुच्छ्रे , एनएमबी, सानिमा, एभरेष्ट, स्टाण्डर्ड चार्टर्ड, र एनआईसी एशिया, सिद्दार्थ बैंकले लाभांश प्रस्ताव गरिसकेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.