भारतीय दूतावासमा अगाडि प्रदर्शन गर्ने मानवअधिकारकर्मी नियन्त्रणमा

मंसिर १४, काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा अगाडि प्रदर्शन गर्ने क्रममा केही मानवअधिकारवादी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त, लैनचौरले एम्नेस्टी इन्टरनेश्नल नेपालका अध्यक्ष विक्रम ढुकुछु, महासचिव कर्ण कुँवरसहितका प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको हो । भारतको एउटा घटनालाई लिएर उहाँहरुले विरोध प्रदर्शन गरिरहनु भएको रहेछ’, काठमाडौं प्रहरी परिसरका डीएसपी एवं प्रवक्ता होविन्द्र बोगटीले भने, ‘अहिले भीआईपीको आवतजावत भइरहेका वेला प्रदर्शन गर्दा समस्या हुने भएकाले उहाँहरुलाई नियन्त्रणमा लिइएको हो ।’

प्रदर्शनकारीहरुसँग केही समन्वय र समझदारी गरेर छाडिने प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.