कम्बोडियाका प्रधानमन्त्री हुन सेन पाटनमा

मंसिर १४, ललितपुर। कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन् ।

एशिया प्यासिफिक समिटमा भाग लिन आएका उनीसँगै झण्डै ६० जनाको कम्बोडियाली प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्रको भ्रमण गरेको ललितपुर महानगरपालिकाले जनाएको छ । बिहान मङ्गलबजार पुगेका प्रधानमन्त्री हुन सेनले झण्डै एक घण्टा पाटन दरबार क्षेत्रमा रहेका सांस्कृतिक र ऐतिहासिक स्मारकको अवलोकन गरेका थिए । उनले हीरण्यवर्ण महाविहारमा पूजासमेत गरेका थिए ।

प्रधानमन्त्री सेनको स्वागतका लागि महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याल, विभिन्न वडाका पदाधिकारीलगायत उपस्थित थिए । महानगरपालिका प्रमुख महर्जनले कम्बोडियाका प्रधानमन्त्रीले गरेको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । – रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.